सक्षम परियोजना द्वारा जनज्योति माविमा रहेको बाल क्लव लाई खेलकुद सामाग्री हस्तान्तरण

सबैको सन्देश /अर्घाखाँची ।
विकलांग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन बनेपाद्वारा सन्चालित सक्षम परियोजना अर्घाखाँची शाखाले बाल क्लव लाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको जनज्योति माध्यमिक रहेको जनज्योति बाल क्लव लाई भलीबल,चेस ,स्पीरीङ ,रजिष्टर पेन लगायतका खेलकुद सामाग्री विद्यालयका  प्रअ पशुपति भुसाल र क्लव की सदस्य सम्झना बन्जाडे लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तण गरेकोमा विद्यालयका प्रअ भुसालले आवश्वक पर्ने केही खेलकुद सामाग्री हस्तान्तरण गरेकोमा धन्वयवाद दिनुभएको हो ।
कार्यक्रममा परियोजनाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यले बालबालिका लाई खेलकुद क्षेत्रमा केही भएपनि सहयोग होस भनेर खेल सामाग्री हस्तान्तरण गरिएको आचार्यले बताउनुभयो ।  कार्यक्रममा परियोजनाकी कर्मचारी रक्षा पाण्डे,शिक्षक मोती मिश्र लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close