शितगंगा नगरपालीकाद्वारा उत्पादनका आधारमा अनुदान वितरण

नेत्र मरासिनी /अर्घाखाँची ।
शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण कार्य सञ्चालन गरेको छ । गत आर्थिक बर्ष ०७६÷७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका,लोकल कुखुरा तथा तरकारी को कृषकहरुलाई अनुदान वितरण गरीएको हो ।
नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु।५० का दरले र तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजारका दरले अनुदान वितरण गरीएको छ , जस अनुसार वार्ड न।२ को शितगंगा कृषि सहकारी मार्फत ३० जना किसानलाइ रु ३ लाख ४२ हजार एक सय,वार्ड नम्बर३ को आधारशिला कृषि सहकारीमा १४० कृषकलाइ १४ लाख ३३ हजार आठ सय र वार्ड नम्बर ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम बितरण गरीएको हो ।
शितगंगा नगरपालीकाले गत आर्थिक बर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको, कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले आजबाट वितरण सूरु गरीएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आ.व.०७५/७६ बाट सूरु गरीएको अनुदान बितरण कार्यक्रममा पहिलो बर्ष ३३ लाख वितरण गरीएको थियो भने दोस्रो बर्ष ७३ लाख बितरण गर्न लागीएको छ । आगामि बर्षमा थप प्रभावकारी बनाउदै अनुदान रकम बढाएर धेरै कृषकलाइ बितरण गर्ने लक्ष रहेको नगर उपप्रमुख टिका रेश्मीले बताउनुभयो । अनुदान रकम पाउदा आफुहरु निकै उत्साहित बनेको र आगामी दिनमा उत्पादनलाइ बढाउदै लैजाने किसानको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close