थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि,१२ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमित संख्या १लाख ३२ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जानकारी दिएको छ ।बितेको २४घण्टामा १४ हजार ८सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close