सन्धिखर्कमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भवन शिलान्यास

हिम लेकाली /अर्घाखाँची ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अर्घाखाँचीको भवन निर्माणको शिलान्यास एक कार्यक्रमका बिच समबार सन्धिखर्कमा सम्पन्न भएको छ ।सन्धिखर्क नगरपालिका वडा नं ।१ को शिक्षा र प्रहरी कार्यालयको बगलमा बन्न थालेकोभवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय केन्द्रीय वरिष्ठ उपाध्यक्ष , बुटवल क्षेत्र प्रमुख वरिष्ठ राजयोगिनि ब्राह्माकुमारी कमलाले गर्नु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले सबै अटाउने साझा घर बन्न थालेकोमा आफुलाई सारै खुसि लागेको बताउनु भयो , अर्घाखाँचीमा संस्थाको भवन बनाउने आफ्नो सपना पुराभएको बताउँदै लामो समय पछि बन्न थालेको भवनले सबैलाई शान्ति र खुसि बाड्ने छ उहाँले भन्नू भयो।उहाँले यो संस्थामा सबै बर्ग , उमेर ,धर्म,जातजाती अटाउने ,कुनै अन्ध बिश्वास ,गुरूडम , र तन्त्र मन्त्र नभएको बताउनु भयो ।उहाँले सकारात्मक सोचको विकास गरि मेडिटेशनको माध्यम बाट मन र शरीर लाई बलियो बनाउँदै जीवनमा शान्ति प्राप्त गर्ने, ज्ञान दिने बैज्ञानीक थलो ब्रम्हाकुमारी भएको बताउनु भयो । उहाँले भवन निर्माण समयमै सकिने बिश्वासका साथ आवस्यक सहयोगको समेत अपेक्षा गर्दै काममा जुट्नु हुने सबै सहयोगी पुण्य आत्माहरू प्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नु भयो ।
भवन निर्माण समितिका अध्यक्ष समाजसेवी ठाकुर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्नकार्यक्रमका बिशिस्ट अतिथि राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले यस संस्थाले मानव चरित्र निर्माणमा सहयोग पुर्यायको बताउनु भयो । उहाँले बन्न लागेको भवन सबै को लागि उपयोगि र सामुहिक रूपमा ज्ञान लिने थलो भएको ले भोलीका दिनमा प्राकृतिक विपत्ति बाट जोखिम नहुने खालको गुणस्तरिय बनाउन ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले भवन निर्माणको सफलताको शुभकामना ब्यक्त गर्दै यो महान कार्यमा आफ्नो तर्फ बाट हैसियत अनुसार सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बिक किशोर,उद्योग बाणिज्य संघ केन्द्रीय सदस्य कृष्ण प्रसादश्रेष्ठ ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।संस्था र कार्यक्रम का बिषयमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लुम्बिनी क्षेत्र सचिव बरिष्ठ ब्रह्मकुमार नारायण ले आफ्ना भनाइहरू राख्नु भएको थियो ।ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्धालय अर्घाखाँची सेन्टर सन्चालिका ब्रह्माकुमारी कृति को सन्चालनमा सम्पन्न कार्यक्रम को स्वागत भवन निर्माण सचिव नन्दराम भट्टराईले गर्नु भएको थियो ।कार्यक्रममा ब्रह्माकुमारी गुल्मि प्रमुख ब्रमकुमारी सिमा ,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा ,वडा नं।१का अध्यक्ष युवराज बन्जाडे ,वडा नं।३ का अध्यक्ष लिला गौतम ,उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ ,सनपा १ का वडा सदस्य लक्ष्मण पराजुली ,पत्रकार लगायत बुटवल तथा अर्घाखाँचीका संस्थाका साधकहरू को उपस्थिति रहेको थियो।भवन निर्माणको लागि लागि प्रदेश सांसद चेतनारायण आचार्य ,रामजी प्रसाद घिमिरे ,जालपा भुसाल ,निर्मला क्षेत्री बाट बिशेष पहल भएको सेन्टर सन्चालिका कृतिले बताउनु भयो जस अनुसारभवन निर्माणका लागि ५ नं।प्रदेश सरकार बाट आब ०७७÷०७८ को लागि पन्ध्र लाख बिनियोजन गरिएको र भवन निर्माण का लागि अनुमानित साठी लाख खर्च हुने सेन्टर सन्चालिका कृतिले बताउनु भयो ।२०५१ मा अर्घाखाँचीमा स्थापना भएको संस्था हाल सन्धिखर्कमा भाडामा बस्दै सेवा सन्चालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस !