दसैंका ५ दिन बैंकका सबै शाखा बन्द रहने

सबैको सन्देश /काठमाण्डौ ।

दसैंका ५ दिन बैंकका सबै शाखा बन्द हुने भएका छन ।नेपाल बैंकर्स एसोसिएसनको निर्णय अनुसार यही कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीका दिनसम्म सम्पूर्ण शाखाहरु बन्द हुने बताईएको छ ।गत वर्षका दसैंका बेला पनि ३ सय ६५ दिने काउन्टरहरु सञ्चालन हुने गरेका थिए। तर यसपाली डिजिटल कारोबारलाई प्रवद्र्धन गर्नका लागि पनि बैंकका सबै शाखाहरु ५ दिन बन्द गर्ने निर्णय गरिएको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले डिजिटल्ली कारोबार पनि बढेको छ, यसलाई प्रोत्साहन गर्नका लागि पनि शाखाहरु बन्द गर्ने निर्णय बताईएको छ ।यता बैंकमा कोरोनाको जोखिम बढेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य र सुरक्षा क्षेत्रपछि बैंकिङ क्षेत्रमा जोखिम देखिएको शर्माले बताउनुभयो। शर्माका अनुसार हाल करिब ३ हजार ८ सयको हाराहारीका बैंक कर्मचारीलाई संक्रमण देखिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close