थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमित संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको नमुना परीक्षण गरिएको बताईएको छ। त्यस्तै बितेको २४ घण्टामा दुई हजार एक सय ८जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय ९ पुगेको छ ।अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !