कोभिड–१९ को जोखिम कायमै, सर्तकता अपनाउन मन्त्रालयको आग्रह

सपना महत,

श्रावण १३, काठमाण्डौं ।

केहि दिनदेखि घटेको कोराना भाइरस संक्रमणको दर नेपालमा पुन: बढेको छ । देशका विभिन्न प्रयोगशालामा बितेको २४ घण्टायता गरिएको परीक्षणमा ३११ जनामा भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नियमित प्रेस ब्रिफिड्डमा प्रवक्ता डा. गौतमले बन्दाबन्दी सकिएपनि कोरोनाको जोखिम यथावत रहेको बताउनुभयो । सार्वजनिक यातायातमा यात्रा गर्दा होस् वा कार्यालयमा बस्दा समेत स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरिनुपर्ने साथै बैठक वा तालीममा १५ जनाभन्दा बढी व्यक्तिलाई सहभागी नगराउने र प्रत्येक सहभागी बीच कम्तिमा २ मिटरको दुरी कायम गर्दे माक्सको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कोरोनाबाट मंगलबार १२१ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संक्रमितको संख्या बढेर १९ हजार ६३ पुगेको छ । हालसम्म कोभिड १९ को संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close