शान्ती माध्यमिक बिधालयमा ५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउपालिक वडा नम्बर ५ मा शान्ति माध्यमिक बिधालयमा छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ ।बाँगी लाकुरीकारुख निवासी शिक्षाप्रेमी ब्यक्तित्व कृष्ण प्रसाद भुसालले आफ्नी स्व.जीवनसङिनी रेमकला भुसालको स्मृतिमा बिधालयमा ५० हजारको को छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ। उक्त अक्षयकोषको रकम एक कार्यक्रमका बिच बिधालयका प्रधानाध्यापक मान बहादुर पान्डेलाइ हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा निजका छोरा शिक्षक मोती प्रसाद भुसाल अक्षयकोष स्थापनाको औचित्यको बारेमा मन्तव्य राख्नु्भएको थियो। त्यस्तै बिधालयका प्र.अ. पाण्डेले उक्त कार्यले शैक्षिक बिकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउदै,उहाँहरूलाई हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन शिक्षक बसन्त खड्काले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस !