छत्रदेवका अध्यक्ष पोख्रेल सहित ९ जना लाई कोरोना पुष्टिभएपछि सेवा बन्द

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल सहित ९ जना लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ । अध्यक्ष पोख्रेल सहित गाउँपालिकाका ९ जना लाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्णसेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिनुभएको छ ।
गाउँपालिका भित्र सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको बताइएको छ ।अध्यक्ष पोख्रेलको काठमाण्डौमा उपचार भैरहेको समेत अर्यालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close