अर्घाखाँचीमा थप १० जना मा कोरोना पुष्टि

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १० जना लाई कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा शितगंगा नगरपालिकामा ९ जना र सन्धिखर्क नगरपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज थपिएका १० जना सहित जिल्लामा कुल कोरोना संक्रमित संख्या ५ सय ३४ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।यस्तै पछिल्लो २४ घण्टामा शितगंगा नगरपालिकामा १ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भए सँगै जिल्लामा हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ सय ८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।अब जिल्लामा १ सय २१ जना सक्रिय संक्रमितहरु हाल उपचारत रहेको बताईएको छ ।कोरोनाका कारण जिल्ला भर हाल सम्म ५ जनाको मृत्यु भएको खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close