कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

काठमाडौं : कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ।बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ। कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षाम बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिनेछ।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ। शर्माका अनुसार परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन्।अन्नपुर्ण पोष्ट बाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close