आज पनि धेरै ठाउँमा वर्षा हुने

सबैको सन्देश/काठमाण्डौं ।
आज पनि धेरै ठाउँमा वर्षा हुने
बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राति बागमती, गण्डकी प्रदेश र प्रदेश १ का १ र २ स्थानमा भारी वर्षा हुन सक्ने पनि विभागले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !