खानाको विषयमा भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

काठमाडौं। भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ। भारतको देहरादुनमा अध्ययनरत ५९ जना बालबालिकामाथि त्यहाँका लामाले कुटपिट गरेको राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारीले जानकारी पाएको बताएकी छन्।

उनले ट्वीटरमा लेखेकी छन्, ‘भारतको देहरादून स्थित आश्रममा नेपाली बालबालिका करीब ५९जनामाथि त्यहांका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएका छन्, हाल बाग्लुंग, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपालचोक र रामेछाप लगायतबाट अभिभावकको उध्दारका लागि निरन्तर फोन आइरहेको छ।’

अन्सारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ट्वीटरमा मेन्सन गर्दै ट्वीट गरेपछि मन्त्री ज्ञवालीले यो विषयमा खोजी भइरहेको जनाएका छन्। नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि यो विषयमा खोजी भइरहेको बताएका छन्। उनले यो विषयमा दूतावासले सहयोग गर्ने भन्दै हेल्प नम्बर र इमेल आईडीसमेत दिएका छन्।

उनले +918929601925 नम्बरमा र consularnepalembassy@gmail.com इमेलमा सम्पर्क गर्न सकिने बताएका छन्।

उता परराष्ट्र मन्त्रालयले यो विषय सञ्चार माध्यममार्फत जानकारी भएपछि खोजी भइरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औपचारिक रुपमा जानकारी लिने काम भइरहेको डिसी नेपाललाई बताइन्।डिसी नेपाल बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close