प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु,मृतकको पहिचान खुल्यो

प्युठान । प्युठानमा कार दुर्घटनामा परेका ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा कारमा रहेका २ जना पुरुष, २ जना महिला र ४ बालबालिका गरी ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक दाङको लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १ जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close