कविता- थिचिएको मातृभूमि

-अशिम चौधरी
मातृभुमी भनेर फर्किंए म
आफ्नो भनी कसैले ठानेन मलाई
हिँडेरआए म, कैयौं दिन लगाएर
भोको पेट,अनिन्द्रा र थकित अवस्था लिएर
कोरोनाको डर र त्राश उस्तै थियो
घर परिवारसँग भेट्ने चाहाना निकै नै थियो
तर परिस्थिती भने छुट्टै थियो ।
राखियो मलाई,एउटा बन्द कोठामा
बिताउनु थियो मलाई, केही दिन त्यो ठाँउमा
कोरोनाको डर र त्राश उस्तै थियो
घर फर्कने चाहाना निकै नै थियो ।
कसैले वास्ता गरेन मलाई ,
सबैका नजरमा होला,
थिए म कोरोना संक्रमित
उपचार भएन केही मेरो,
छट्पटीमा दिन बित्दै थियो ।
कमजोर, लाचार र विवश म थिएँ कि मेरो सरकार?
लौन कोहि उत्तर बताइदेउ मलाई….
मातृभुमी भनेर फर्किएँ म
आफ्नो भनी कसैले ठानेन मलाई ।
मेरो भाग्य यस्तै रैछ,
अन्तिम सास मातृभुमीमै त्याग्नु रैछ,
मेरो संघर्ष केबल
मातृभुमीको माटोमा मिल्नु रैछ ।।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close