पूर्व प्रधानमन्त्री डाः बाबुराम भट्टराई सन्धिखर्कमा

अर्घाखाँची ।जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई आज अर्घाखाँची आइपुग्नुभएको छ ।मङ्गलबार दिउँसो १ बजे सन्धिखर्कमा रहेको सभागृहमा समाजवादी पार्टी अर्घाखाँचीले आयोजना गरेको वर्तमान राजनीतिक संकट र आगामी निकास विषयक वृहत अन्तक्रिया कार्यक्रम लाई सम्बोधन गर्न भट्टराई आउनुभएको हो । साथै पहिलो चरणमा मङ्गलबार बिहान ८ः३० बजे पत्रकार संग भेटघाट कार्यक्रम रहेको पनि बताइएको छ ।
कमेन्ट गर्नुहोस !