अर्घाखाँचीमा विभिन्न मुद्धामा फरार अभियुक्त धमाधम पक्राउ

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पछिल्लो २ दिनमा विभिन्न मुद्धामा फरार अभियुक्त २ जना लाई पक्राउ गरेको छ ।यति मात्र नभई यसअघि पनि विभिन्न मुद्धामा फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।जस अन्तर्गत बुधबार लागू औषध मुद्धामा फरार अभियुक्त जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ का ६२ वर्षिय रोसन अली मिया लाई १४ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक उमर थापाले जानकारी दिनुभयो ।
गुल्मी जिल्ला अदालतको मिति २०६४ असार १० गतेको फैसला अनुसार ३ बर्ष कैदतोकिएकोमा भागि फरार रहेका मियालाई विशेष सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा लुकीछिपी बसेको अबस्थामा विशेष सुचनाका आधारमा पक्राउ गरि जिल्ला अदालत अर्घाखाँचीमा पेश भएकोमा कैद भुक्तानको लागि कारागार चलान बुधबार नै गरिएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।उहाँका अनुसार जिल्लामा विभिन्न मुद्धामा फरार रहेका अभियुक्त भागेर अथवा लुकिछिपि बसेर जोगिन खोज्नु मात्र सपना मात्र हुने,बताउदै त्यसको नियन्त्रणमा आफुहरु निरन्तर लाग्ने बताउनुभएको हो ।यस्तै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्ने आफुहरुको दायित्व रहेको समेत बताउनुभयो ।यस्तै आज (बिहिबार)पनि बहुविवाह मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का ३३ वर्षिय बसन्त नेपालीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले २०७१ माघ १३ गतेको फैसला अनुसार ११ महिना ८ दिन कैद तोकिएकोमा भागि फरार रहेका नेपालीलाई गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बाट विशेष सुचनाको आधार करीव ७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो।
अभियुक्तलाई कैद भुक्तानका लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close