अर्घाखाँचीमा आगोले जलेर ४ वर्षिय बालिकाको मृत्यु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागी परेर एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ५असुरकोट कुडेपानीमा आगलागी परी ४ वर्षिय अप्सरा बिकको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए।

आगलागीबाट खिम बहादुर बिक की नातीनी अप्सराको जलेर मृत्यु भएको हो ।आगलागीबाट खिमबहादुरका घरगोठ जलेर नष्ट भएका छन । घरका अन्य परिवारका सदस्य बाहिर निस्कन सफल भएपनि नातीनीलाई बचाउन नसकेको परिवार श्रोतले बताएको छ । यस्तै सोहि ठाउँका बार बहादुर विकको पनि घरगोठ जलेर नष्ट भएको प्रहरी निरिक्षक रावलले बताए ।स्थानीय प्रहरी लगायतको पहलमा अहिले आगो नियन्त्रणमा आएको छ ।आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close