गौतम आविको औं बार्षिकोत्सव सम्पन्न

कल्पना भट्टराई ,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ आपखोलामा रहेको गौतम आधारभूत विद्यालयको ४३ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सन्धिखर्क ८ का वडा अध्यक्ष हुम प्रसाद बन्जाडेले उद्घाटन गर्नु भएको थियो । उहाँले वैज्ञानिक र व्यवहारिक शिक्षा अहिलेको आबश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा जनता कृष्ण मावि पकलेका प्रधनाध्यापक यम प्रसाद शर्मा, आर्थिक समितिका संयोजक कृष्णप्रसाद भुसाल, कार्यपालिका सदस्य लिला भुसाल लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयको बार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
अक्षयकोष दाता धनवहादुर खत्री, सावित्रा खत्री र नाति सिजन खत्रीबाट अक्षयकोषको पुरस्कार वितरण गरिएको थियो ।
प्रधनाध्यापक झविन्द्र भट्टराईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षता, शिक्षक हर्कबहादुर खत्रीको सञ्चालन र कल्पना भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क ८ शिवनेटा निवासी प्रकाश भुुसाल र रमेश भुसालका पिता नारायण प्रसाद भुसाल र माता यमकला भुसालले विद्यालयलाई साउन्ड सिस्टम प्रदान गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close