DGS नेपालको नेतृत्वमा सुन्तली खत्रीलाई आर्थिक रकम सहयोग

अभिनव चौहान/काठमाडौं।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका नम्बर ७ बामरुक निवासी सुन्तली खत्रीलाई DGS नेपालको नेतृत्वमा आर्थिक सहयोग हस्तान्तरण गरिएछ। उहाँको  गत  चैत्र २८ गते रुखबाट लडेर मेरुदण्डको करङ्ग भाचिएपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। उपचाररत खत्रीको पारिवारिक स्थिति कम्जोर भएकोले उहाँको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नपुगेपछि DGS नेपालले आर्थिक रकम जुटाउने अभियान सुरु गरेको हो।DGS नेपालको नेतृत्वमा संकलित रकम सोही संस्थाका अध्यक्ष नारायण पन्थी संचालकहरु सागर खड्का र रेशम बाबु लगायतको टोलीबाट बिरामीका आफन्तलाई हस्तान्तरण गर्नु भएको हो। सहयोग गर्ने व्यक्तिको नाम र सहयोग रकम यस प्रकार छ।

१. अनन्त मरासिनी सैनामैना -१००००/- २.DGS नेपाल बुटवल -५०००/- ३.कमला, रामु भुसाल बेल्बास – ५०००/- ४.पदम भुसाल नयाँगाउँ -३०१०/- ५.रिना बस्नेत बेल्बास – २५५५/- ६.राजेन्द्र मरासिनी सैनामैना – २०००/- ७.सीता भुसाल तामनगर -११०५/- ८.शान्त सावली बेल्बास -८००/- ९.अर्जुन पन्थी बेल्बास – ५०५/- १०.रिता कुँवर बेल्बास – ५०५/- ११.कमला खड्का -५०५/- १२.मिना जिसि -५०५/- १३. धुर्ब खनाल -२०५/- रिना बस्नेत, सीता बिसि , मोहन भुसाल, सागर खड्का लगायतका व्यक्तिहरुको पहलमा सहयोग रकम जुटाउने काम भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close