कोरोना महामारीसँग लड्न यूरोपेली राष्ट्रहरु सहमत, ७ सय ५० अर्ब यूरोको राहत प्याकेज

काठमाडौं । यूरोपेली यूनियनमा आबद्ध राष्ट्रहरुबीच कोरोना भाइरसको महामारीसँग लड्न सहमति भएको छ ।चार दिनसम्म चलेको सम्मेलनमा भएको छलफलपछि इयूमा आबद्ध राष्ट्रहरुको सहयोगका लागि आर्थिक राहत प्याकेज सम्बन्धी विषयमा सहमति भएको हो ।७ सय ५० अर्ब यूरोको उक्त राहत प्याकेज २७ देशलाई उपलब्ध गराइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो रकम महामारीको प्रभावबाट माथि उठ्नका लागि अनुदान तथा ऋण स्वरुप उपलब्ध गराइने छ ।सम्मेलनका अध्यक्ष चाल्स मिशेलले यूरोपका लागि महत्वपूर्ण क्षण भएको बताउनुभयो । सहमतिअनुसार ३ सय ९० अर्ब यूरो महामारीबाट सबैभन्दा धेरै प्रभावित सदस्य राष्ट्रहरुलाई अनुदानका लागि प्रयोग गरिने छ ।

यसको फाइदा इटाली र स्पेनलाई पुग्ने बताइएको छ । यसका साथै ३ सय ६० अर्ब यूरो अन्य सदस्य राष्ट्रहरुलाई कम व्याजदरमा ऋणस्वरुप उपलब्ध गराइने जनाइएको छ ।यद्यपी सहमति बमोजिमको उक्त आर्थिक प्याकेज यूरोपेली संसदबाट पास हुन बाँकी छ । एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close