‘इनफ इज इनफ’का अभियन्ताहरु पक्राउ

सरकारविरोधी प्रदर्शनका लागि जाने क्रममा इनफ इज इनफका अभियन्ताहरुलाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की लगायत छन् । उनीहरुलाई काठमाडौंको फरक फरक स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटर जाँदै थिए ।
इनफ इज इनफले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्ने लगायत माग राखेका छन् ।
कमेन्ट गर्नुहोस !