विश्व खाद्य दिवस सन्धिखर्कमा मनाईयो

सबैको सन्देश / अर्घाखाँची ।
४०औं विश्व खाद्य दिवसको अवसरमा हाम्रे पहल कृषि आहार भन्ने मुल नाराका साथ सन्धिखर्कमा कार्यक्रम भएको छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रमा बोल्ने बक्ताले अहिलेको आवश्यकता स्थानीय स्तरमा उत्पादन लाई पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिएका थिए ।मन्तव्य राख्दै जिल्ला समन्वयका प्रमुख पिताम्वर शर्मा भुसालले कृषकलाई ब्यबसायिक खेति तर्फ उन्मुख गर्न सरोकारवालाले बास्तविक कृषकको उत्पादनमा बृद्वी गर्न स्थानीय सरकारले ध्यान दिने समय आएको बताउनुभयो ।यस्तै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक (किशोर)ले पछिल्लो समय युवाहरु कृषि कर्ममा लाग्नेको संख्या बढ्दै गएकोले नगरपालिकाले सोहि अनुसारका कार्यक्रम लिएर अघि बढेको बताउनुभयो ।कार्यक्रम कृषि ज्ञान केन्द्र प्रमुख राम मिलन प्रसाद बिश्वकर्माको अध्यक्षता कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाको स्वागत मन्तव्य कृषि अधिकृत बलराम घिमिरेको संचालनमा सम्पन्न भएको हो ।साथै उक्त कार्यक्रमको अवसरमा बिहिबार बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता गरिएको थियो । ति प्रतियोगि लाई आज एक कार्यक्रमका बिजेता लाई नगद सहित प्रमाण पत्र हस्तान्तरण गरिएको समेत बताईएको छ ।
कमेन्ट गर्नुहोस !