आइपिएलमा चेन्नईको जित

चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको जित दर्ता गरेसँगै साविक विजेता मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । चारपटकको विजेता मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बईले आठ जित निकालेको छ । दुई चरणमा सञ्चालन भइरहेको आइपिएलमा चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।

महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नई प्रतियोगिताको साविक उपविजेता टोली हो । तर, यस सिजनमा चेन्नईको प्रदर्शन खराब नै रह्यो । चेन्नईले अहिलेसम्म १३ खेलमा पाँच जित निकालेको छ । आठ खेलमा चेन्नईले हारको सामना गरेको छ । चेन्नईको अंकगणितीय आधारमा मात्र प्ले अफ स्थानको आशा बाँकी छ । १० अंकका साथ चेन्नई पुछारमा छ ।

आइपिएलको ४९औँ खेलमा कोलकाताले पहिलो ब्याटिङ गरी चेन्नईलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । चेन्नईले केवल चार विकेट गुमाएर १ सय ७८ रन बनाउँदै आइपिएलमा पाँचौँ जित दर्ता गर्न सफल भयो । नयाँ पत्रिका बाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close