आईपीएल क्रिकेटमा दिल्ली फाइनलमा

दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मार्कस स्टोनिसको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले हराउँदै दिल्ली फाइनलमा पुगेको हो।शेख जायद रंगशालमा आइतबार राति सम्पन्न खेलमा दिल्लीले टस जिटेर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा हैदराबादलाई १९० रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमात्र बनाउन सक्यो।

हैदराबादका लागि केन विलियम्सनले सर्वाधिक ६७ रन बनाए। त्यस्तै अब्दुल समादले ३३ तथा मनिष पाण्डेले २१ रन बनाए। कप्तान डेभिड वार्नर २ रनमै मार्कस स्टोनिसको बल र एनरिच नोट्र्जेको हातबाट क्याच आउट भए।

हैदराबादलाई रोक्न दिल्लीका कगिसो रबाडाले ४ विकेट झारे भने स्टोनिसले ३ विकेट हात पारे। अलराउन्ड प्रदर्शन गरेका स्टोनिसले ३ ओभर बलिङ गर्दै २६ रन खर्चिए। त्यस्तै अक्सर पटेलको नाममा १ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवनले ७८ रन जोडे। उनले ५० बलको सामना गर्दै २ छक्का र ६ चौका हिर्काए। त्यस्तै ओपनिङ गर्न आएका स्टोनिसले ३८ रन बनाए भने सिम्रो हिटमरले ४२ रनको योगदान गरे।

हैदराबादका रसिद खान र सन्दीप शर्माले १÷१ विकेट हात पारे। त्यस्तै ज्यासोन होल्डरको नाममा पनि १ विकेट रह्यो।

जितसँगै दिल्लीले मुम्बई इन्डियन्ससँग फाइनलमा भिड्ने पक्का गरेको छ। साविक विजेता मुम्बईसँग लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला लिँदै दिल्ली पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेने छ। दिल्लीलाई बदला लिने यो सुनौलो अवसर पनि हो। त्यस्तै मुम्बई भने दोस्रो पटक लगातार फाइनल जित्दै पाँचौँ पटक उपाधि हात पार्ने दाउमा हुनेछ।

फाइनल खेल मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ : ४५ बजे हुनेछ। एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close