थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि,२३ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
काठमाण्डौ – नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जानकारी दिएको छ ।यस्तै बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।अब नेपालमा ३७ हजार ७ सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु् हुनेको संख्या ९सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !