राजस्थानविरुद्ध कोलकाता ६० रनले विजयी

दुबई : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा राजजस्थान रोयल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा कोलकाता ६० रनले विजयी भएको हो।टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको थियो। जवाफमा १९२ रनको लक्ष्य पछ्याएको राजस्थान ९ विकेटको क्षतिमा १३१ रनमै सीमित भयो।राजस्थानका कुनै पनि ब्याट्समेन खुलेर खेल्न सकेनन्। उसका लागि जोश बटलरले सर्वाधिक ३५ रन जोडे। त्यस्तै राहुल तेवासियाले ३१ तथा श्रेयस गोपालले २३ रन बनाए। यसैगरी बेन स्टोक्सले १८ रन बनाउँदा अन्य ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।कोलकातालाई जिताउन प्याट क्यूमिन्सले राजस्थानका ४ विकेट झारे। त्यस्तै शिवम मावि र वरुण चक्रवर्तीले समान २/२ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको कोलकाताका इओन मोर्गानले नटआउट ६८ रन बनाए। त्यस्तै राहुल त्रिपाठीले ३९ र शुबमन गिलले ३६ रन जोडे भने आन्द्रे रशेलले २५ रनको योगदान गरे।राजस्थानका राहुल तेवासियाले ३ तथा कार्तिक त्यागीले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चरले १ विकेट आफ्नो नाममा पारे।प्ले अफ पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दबाबमा दुबै टिम थिए। यसमा कोलकाताले आफ्नो सम्भावना जिवित राखेको छ। तर कोलकाताको प्ले अफ पुग्ने निश्चित भने मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको मंगलबार हुने खेलले निर्धारण गर्नेछ।

हैदराबादको १३ खेलबाट १२ अंक रहेको छ। उसले मुम्बईलाई हराएमा नेट रनरेटका आधारमा प्ले अफ पुग्ने सम्भावना धेरै हुन्छ। तर उसको हारले भने बाहिरिनुका साथै कोलकातालाई प्ले अफमा पु¥याउने छ।

उता दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज हुने खेलले प्ले अफमा पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ। यी दुईमध्ये हार व्यहोर्ने टिमको नेट रनरेट खस्किएर कोलकाताको भन्दा कम भए प्ले अफ पुग्ने सम्भावनालाई हैदराबादको जितले फरक पार्ने छैन।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close