नेपाली क्रिकेट टोलीका पूर्वकप्तान खड्का लाई कोरोना पुष्टि

सबैको सन्देश /काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना सङ्क्रमित हुनुभएको छ । आफूमा कोरोना संक्रमण भएको जानकारी खड्काले फेसबुकमार्फत दिनुभएको हो । दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बस्नुभएका पारसको बिहीबार गन्ध र स्वाद हराएपछि शुक्रबार बिहान गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको उहाँले बताउनुभएको छ। कोरोना पुष्टि भएसँगै उहाँ होम आइसोलेसनमा बस्नु भएको छ । पारसले चितवनमा आजदेखि सुरु हुने गौतम बुद्ध कपमा अब पारसले सहभागिता नहुने बताईएको छ ।
कमेन्ट गर्नुहोस !