गजल-हुरी

देवी पंन्थी, अर्घाखाँची ।
सहेका छौ दिनरात हावा हुरी बुझेकी छु,
सिमानामा बढेको छ चुरिफुरी बुझेकी छु।
मैले त्यो तिम्रो मजबुरी बुझेकी छु,
के कारण उठायौ खुकुरी बुझेकी छु।
आज हिलोमा जसले रोप्दछ माना-माना
उसैले फलाउने छ, मुरी-मुरी बुझेकी छु।
जसलाई बाटोबाट उठाई ल्याउनु भयो
उही चढेको छ घरको धुरी बुझेकी छु।
डाँडामा खडे बतास सहेको बाँस हौ तिमी
हल्लिदैनौ चाहे चलोस हुरी बुझेकी छु।
कमेन्ट गर्नुहोस !