खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने

काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ।

संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने साझाको भनाइ छ।

‘तर उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,’ पाठकले भनेका छन्।

साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि बताएको छ।

‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

सरकारले तुरून्त आफ्नो निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल श्रमिक र असहायहरूलाई कि ‘काम’ को व्यवस्था कि ‘माम’को व्यवस्था गर्नुपर्ने साझाको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close