अर्घाखाँचीमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुग्यो

सबैको सन्देश /सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीमा शनिबार थप ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालीका वडा नं.नम्वर ३, ८ र ९ का क्रमश २२,२३ र २४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
उनीहरु केहि दिन अघि भारतबाट आई क्वरेन्टाइनमा बसेका उनिहरुमा कोरोना संक्रमण देखिएको बरालले जानकारी दिनुभयो ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३सय ४७ पुगेको छ । जसमध्ये जिल्लामा हाल सम्म कोरोनाका कारण  ३ जनको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो भने ३सय २६ जना कोरोना निको भएर घर फर्किएका छन । अब अर्घाखाँचीमा हाल १८ जना सक्रिय कोरोना संक्रमित आईसोलेशनमा उपचाररत छन् ।यस्तै भारत तथा छिमेकी जिल्ला बाट आएर स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या ८२ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close