प्रधानमन्त्री ओली द्वारा राजीनामा नदिने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताउनुभएको छ ।
आज बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुहोस्, के अहिले मैले राजीनामा दिन हुन्छ रु राजीनामा दिन मिल्छ रु मेरो लागि होइन देशको लागि’, प्रधानमन्त्री ओलीले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो। त्यस कारण म राजीनामा दिने वाला छैन।’ अविश्वासको प्रस्तावको तयारी भइरहेको भन्ने सन्दर्भतर्फ लक्षित गर्दै ओलीले आफू जालझेल र तिकड्मबाट प्रधानमन्त्री पदमा नआएको भन्दै जनताको आवश्यकता र व्यापक समर्थनबाट आएको प्रष्ट पार्नुभएको छ ।
कमेन्ट गर्नुहोस !