कोरोनाबाट बच्न सुनको माक्स !

सामाजिक सन्जालमा यतिबेला एउटा फोटो भाइरल भएको छ जहाँ एक व्यक्ति सुनको मास्क लगाएको देखिन्छ ।
भारतको पुणेका शंकर कुराडे नामका व्यक्तिले करीब ४ लाख ६० हजार नेपाली रुपैयाँ पर्ने सुनको मास्क बनाएका हुन् । गोल्डेन म्यानका नामले चिनिने उनले मास्क कोरोना रोक्नका लागि भन्दा पनि रुचीका लागिमात्रै लगाएको बताएका छन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेको सुनको मास्क अहिले भाइरल बनेको छ ।
न्युज एजेन्सी एएनआइले पनि शंकर कुराडेका मास्क लगाएका तस्बिर सार्वजनिक गरेको छ ।
एजेन्सी
कमेन्ट गर्नुहोस !