चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पतालका सेवा बन्द


सागर महत /अर्घाखाँची ।
अर्घाखाँची अस्पतालका ७ जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना पुष्टि भएपछि अस्पतालका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द भएको छ । अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना देखिएपछि प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।
उपचारमा खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सुचना जारी नहुँदा सम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !