लेखक नरेन्द्र कुमार क्षत्रीको ‘स्मृतिका पानाहरु’ नामक पुस्तक विमोचन

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नडा ५ बाँगीमा जन्म भई हाल सन्धिखर्क नगरपालिका वडा नं. २ संकेटारीमा बस्ने लेखक नरेन्द्र कुमार क्षत्रीको ‘स्मृतिका पानाहरु’ नामक पुस्तक विमोचन भएको छ । स्मृतिका पानाहरुमा क्षत्रीले जीवनका महत्त्वपूर्ण मानिस, शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन, जीवनका संघर्ष र उहाँका विचारहरु उल्लेख भएको छ । सस्मरणात्मक कृति “स्मृतिका पानाहरु” एक कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल) नवनिर्वाचित प्रदेश सांसद रामजि प्रसाद घिमिरे ,नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले विमोचन गर्नुभएको हो ।
शिक्षा र राजनितिको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच राख्दै उहाँ अध्यापन कार्य सँगसँगै राजनैतिक कार्यमा पनि उत्तिकै सक्रिय हुनभयो । उहाँले २०७५ सालमा ‘आफ्नै विगत र वर्तमान’ नामक कृर्ति प्रकाशित समेत गर्नुभएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सहयोगी विसीको स्वागत मन्तव्य र शोभाखर पन्थीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !