अमेरिकी राष्ट्रपति चुनावमा वाइडेनद्वारा जीत सुनिश्चित भइसकेको घोषणा

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनले आफ्नो जीत सुनिश्चित भइसकेको घोषणा गरेका छन् । उनले आज विशेष मन्तव्य दिदै जीतको नजिक पुगेको बताएका हुन् ।

वाइडेनले ट्रम्पलाई मुख्य राज्यहरुमा पछि पारेका छन् । यसले उनको जीत सुनिश्चित जस्तै भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा तीनवटा महत्वपूर्ण राज्यहरुमा वाइडेनले अग्रता लिएपछि जीत सुनिश्चित भएको हो ।

यसअघि ट्रम्पले अग्रता लिएका जर्जिया र पेनसिल्भानियामा पनि वाइडेनले अग्रता लिएर मतान्तर बढाउँदै लगेका छन् । ती राज्यहरुमा जित हासिल गरेमा वाइडेनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत कटाउनेछन् ।

वाइडेनले जीत सुनिश्चित भएको बताएपनि ट्रम्प अदालतमा पुगेका छन् । उनले खामबन्दीबाट पठाइएका मतलाई अवैध दाबी गरेका छन् । ती मतका कारण वाइडेनले कतिपय राज्यहरुमा जीत हासिल गरेका हुन् ।

फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । जर्जिया र पेनसिल्भानियामा पनि वाइडेन अघि छन् । ती राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुनेछ ।

२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प पछि परेका छन् । यसरी जर्जिया, पेनिनसेल्भानिया र नेभेडाले ट्रम्पको दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना चकनाचुर पार्दैछ । वाइडेनले ट्रम्पको पासा पल्टाइदिएको विश्लेषण हुनथालेको छ ।एजेन्सी,

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close