गायक शर्माले अर्घाखाँचीमा आएर ह्वीलचियर वितरण गरे

केहि दशक देखि नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल लोक गायक पुस्कल शर्माले अर्घाखाँची आएको समयमा पारेर ह्वीलचियर वितरण गर्नुभएको छ ।जस अन्तर्गत जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर झिर्‍राका ७० बर्षिय राम बहादुर बस्नेत लाई आफ्नै हातले ह्वीलचियर हस्तान्तरण गर्नुभएको बताईएको छ ।

गायक शर्मा अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर दर्शन गर्न आएको समयमा विभिन्न समस्या का कारण हिडडुल गर्न नसक्ने स्थानीय सितापुरका राम बहादुर बस्नेत घरमा पुगेर गायक शर्माले ह्वीलचियर हस्तान्तरण गर्नुभएको बताईएको छ ।यस भन्दा अघि शितगंगा महोत्सव मा आएको समयमा हिडडुल गर्न समस्या मा परेका राम बहादुर को अवस्था देखेका शर्माले पर्यटकीय स्थल सुपादेउराली मन्दिर आएको समयमा संयोग पारेर ह्वीलचियर घरमा पुगेर  हस्तान्तरण  समेत गरेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close