रिलायबल लाइफको साधारण सभा ११ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ गतेको लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साउन ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।
साधारण सभामा सर्वसाधारणमा साधारण सेयर (आईपीओ जारी गर्ने ) प्रस्ताव लैजाने भएको छ । यस्तै साधारण सभामा सञ्चालक समितिको दोस्रो बार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आव २०७४-०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारीत गर्ने कार्यक्रम रहेको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७५-७६ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियूक्तिको अनुमोदन गर्ने र सञ्चालकहरुको स्वदेश तथा विदेश भ्रमण भत्ता र खर्च तोक्ने कार्यक्रम रहेको छ । उक्त साधारण सभा मेरियट होटल नक्सालमा दिनको १ बजेबाट सुरु हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close