ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

चितवन ।पूर्वी चितवनमा ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको कालिका नगरपालिका आज भएको दुर्घटना मा परि कालिका नगरपालिका– वडा नम्बर ८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालक नियन्त्रणमा लिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close