सन्धिखर्कमा थप १८ जना मा कोरोना पुष्टि

सबैको सन्देश /अर्घाखाँची।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १८ जना मा कोरोना पुष्टि भएको छ ।पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकामा बसोबाबास गर्ने १८ जना रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या ६ सय २१ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।यस्तै कोरोना निको भएर ५सय ५० जना डिस्चार्ज भएका छन। अब जिल्ला मा ५६ जना सक्रिय संक्रमित उपचाररत रहेको बताईएको छ,भने कोरोना बाट हाल सम्म जिल्ला मा८ जना मृत्यु भएको बताईएको छ।
कमेन्ट गर्नुहोस !