थप १हजार ९सय ४६ जना मा कोरोना पुष्टि,१३ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ८ हजार २सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा २ हजार ५ सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ ।अब नेपालमा ३६ हजार ४ सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २सय १५ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close