अर्घाखाँची जिल्ला भर हाल ६० जना सक्रिय कोरोना संक्रमित

सबैको सन्देश/ अर्घाखाँची ।
अर्घाखाँचीमा कुल कोरोना संक्रमित संख्या ७ सय १२ पुगेको छ ।जसमध्ये हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ सय ४० पुगेको छ भने हाल जिल्ला भरमा सक्रिय कोरोना संक्रमित ६० जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै कोरोनका कारण मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !