साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सन्धिखर्क ।साना किसान कृषि सहकारी संस्था लिमिटेड को आयोजना वित्तिय साक्षरता तथा अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्तर समुह नम्बर १ का करिव ८० जना शेयर सदस्यहरुलाई १ दिने वित्तिय साक्षरता तथा अन्तर समूह सुदृढीकरण तालिम दिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुनिता बिक को अध्यक्षता र साना किसान कृषि सहकारी संस्था लिमिटेड नरपानी का प्रबन्धक सरस्वती आचार्य , सहायक प्रबन्धक कृष्ण बहादुर बिस्ट र कम्प्युटर अपरेटर प्रकाश महत्राले प्रशिक्षणमा दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस !