शितगंगा ९ लौरीमा स्कुल भवन शिलान्यास

सबैको सन्देश /संवाददाता ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा ९ लौरीमा रहेको शंकरज्योती आधारभूत विद्यालयको ४ कोठे भवन आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख रिषिबहादुर पुलामीले शिलान्यास गर्नु भएको छ ।

No description available.

शिलान्यास गर्दै पुलामीले भवन निर्माणले शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताउँदै शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । दुर्गम गाउँमा अवस्थित स्कुल भवन निर्माणको लागि भूकम्प प्राधिकरणको आर्थिक सहयोगमा बन्न लागेको हो । शिलान्यास कार्यक्रममम सितगंगा नगरपालिका वडा ९ का अध्यक्ष भीम केसी, नेपाल मगर संघ लुम्बिनी प्रदेशका सहकोषाध्यक्ष कृष्ण सारू मगर लगायतले भवन निर्माणपछि पढन पाठनको लागि धेरै सुविधा हुने बताउनुभएको छ ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close