छत्रदेव गाउँपालिकामा नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै

प्रेमनारायण आचार्य /अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेकपा परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् ।
बर्तमान नेकपाको सरकार जनताको लागि भन्दा आफ्नो स्वार्थपुर्तीमा लागेको भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् । छत्रदेव गाउँपालिका वडा नम्वर ८ साविक मरेंग गाविस ९ का १७ जनलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल ९मुस्कान ले पार्टी प्रबेस गराउनु भएको हो । छत्रदेव ८ का केसब सेजवाल , मेगबहादुर सेजवाल, प्रेमबहादुर खत्री, सुर्य बहादुर पाण्डे, रामु सेवजाल, खिमबहादुर सेजवाल, रुपा सेजवाल, किरण सेजवाल, गौरी सेजवाल, फुलमाया सेजवाल, अर्जुन सेजवाल, कमला खत्री, टेकबहादुर खत्री, तारा बहादुर पाण्डे, कृष्ण बहादुर सेवजाल र सिता पाण्डे लगायतका १७ जना नेपाली कांग्रेसमा प्रबेस गरेको नेपाली कांग्रेस क्षेत्र नम्वर १ का क्षेत्रीय सचिव ताराप्रसाद फुल्लेलले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल ९मुस्कान०, क्षेत्रीय सचिब ताराप्रसाद फुल्लेल, मालारानी गाउँपालिका संयोजक तथा मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल, छत्रदेव ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सारदा खनाल, वडा सदस्य ज्ञानबहादुर पाण्डे, पुर्व पाटी सभापति विष्णु प्रसाद श्रेष्ठ, वडा पाटी सचिव ओमबहादुर पाण्डे, लगायतले मन्तब्य राख्नु भएको

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close