अर्घाखाँचीमा तत्काल लकडाउन नहुने,भेन्टिलेटर र आईसियु सेवा अब जिल्लामा प्रजियःपौडेल

सबैको सन्देश /अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले मुख्यतया जिल्लामा भेन्टिलेटर र आईसियु सेवा केही दिनमै सेवा प्रवाह गराउने बताउनुभएको छ ।यस्तै फरक प्रसंगमा पत्रकारले उठाएका जफावमा उतर दिदै कोरोनाको जोखिममा पनि सरकारले पालिका लाई बिद्यालय संचालन गर्ने अधिकार दिए पनि स्वास्थ्य मापदण्ड पुरा गरि बिद्यालय संचालनको लागि प्रशासनले अनुगमन गर्ने तथा पालिकाले पनि विधालय संचालनमा विशेष निगरानी र स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र बिद्यालय संचालन गर्नुपर्नेमा जोड दिनुभयो।

अर्को तर्फ जिल्लामा पछिल्लो समय मास्क प्रयोग गर्न धेरैले छोडेकोमा चिन्ता प्रकट गदै यसमा सबैले ध्यान दिनु पर्ने र अर्घाखाँचीमा तत्काल लकडाउन गर्न आवश्यक नभएको बताउदै हल्लाको पछाडी नलाग्न आग्रह गर्नुभएको हो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल,पत्रकार सोभाखर पन्थी,विरेन्द्र केसी गणेश खनाल,लक्ष्मण घिमिरे,गोपाल प्रसाद भट्टराई ,बसन्त श्रेष्ठ,सागर महत, जितेन्द्र खत्री, अनिल नेपाली लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close