कर्णालीजस्तै रहेको प्युठानको लिवाङ , पछिल्लो विकास निर्माण कामप्रति स्थानीयमा खुशी

पदम बहादुर केसी/ लिवाङ ,प्युठान।
बाग्दुला बिजुवार अथवा प्युठान को तल्लो क्षेत्र मा जादा त्यहा का प्राय मान्छे हरुले सोध्ने प्रश्न हो।
घर कहाँ हो? लिवाङ । कहाँ रोल्पा लिवाङ ? हैन प्युठान लिवाङ। प्युठानमा पनि लिवाङ छर?कता पर्छ?
तिमुरचौर तिर पर्छ। भौगोलिक, शिक्षा ,यातायात ,विद्युत,राजनीति लगायत का धेरै क्षेत्रमा पछाडी परेको गाउँ हो लिवाङ संघीयता सुरु हुनु भन्दा अगाडी हालको झिम्रुक ८ टिमुरचौर र गौमुखी गाउपालिका ६ लिवाङ एउटै लिवाङ गाबिस थिए गाबिस मा थोरै बजेट आउने टिमुरचौर का प्रतिनिधि हरु टाठा बाठा धेरै रकम उतै लैजाने कुनै संघ सस्था आए भने पनि टिमुरचौर तिरै कार्यक्रम गर्ने गर्दथे जब संघीयता आयो लिवाङ गौमुखि र टिमुरचौर झिम्रुक मा गाभियो त्यस पछि लिवाङ ले बिकास मा केही अबसर पायो अहिले गाउँमा प्रदेश सरकार र गाउपालिका को संयुक्त लगानी १ करोड ५० लाख मा सडकको स्तरौन्नती भए पछि गाउँमा निरन्तर बस सेवा सन्चालन मा आएको छ करिब ४० लाख को लगानी मा वडा कार्यलय भबन निर्माण पश्चात् सन्चालन मा आएको छ ।
दुई करोड पचास लाख को लगानी मा स्वास्थ चौकी भबन निर्माण को अन्तिम चरण छ ।गाउँको टोल टोल बस्ती बस्ती मा थ्री फेज लाइन बिस्तार भएर सबै बस्ति मा विद्युत को पहुँच पुगेको छ टोल टोल मा गाउँ घर क्लिनिक भबन हरु बनेका छन बस्ती हरुमा साखा बाटो हरु बन्दै छन प्रायः सबैका घर मा खाने पानी को धारा पुगेका छन यहाँ का बिद्यार्थी हरु गाउमै कक्षा दश सम्म पढ्न पाएका छन शिक्षित र जागिरे न्यून मात्रा मा भेटिने यहाँ का युवा अहिले प्रसस्त मात्रामा भेटिन्छन। अहिले कृषि र पशुपालन तिर पनि यहाँ का युबा हरु हुँदै गएका छन संचार को पहुँच पुगेको छ अब बिस्तारै गाउले बिकास को गति लिदै छ।
कमेन्ट गर्नुहोस !