गुल्मीमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुग्यो, ३घाईते

सबैको सन्देश /गुल्मी ।
गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ मा भएको दुर्घटनामा घटनास्थलमै पाँच जनाको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
तम्घासतर्फ जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले बताउनुभयो । मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएता पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालले जनाएको छ ।
दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
९ यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना भएको अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस !