शितगंगाका पहिरो पिडित ६० घरपरिवार लाई रेडक्रसद्वारा सहयोग

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगाका पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीले राहात प्रदान गरेको छ ।अर्घाखाँचीका पहिरो पिडित लाई राहत रकम प्रदान गरिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११र १२ का पहिरो बाट प्रभावित ब्यक्ती लाई रेडक्रस सोसाइटीले राहत प्रदान गरेको हो । जमिन भासिएर घरबार बिहिन भएका शितगंगा नगरपालिका कोठिया मैदान र ढुंगेशेराका ६० घरपरिवार लाइ प्रति घर परिवार लाई ५ हजार रुपैयाका दरले राहात प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश सभापति शम्भु पोख्रेलले बताउनुभयो ।

शितगंगा गत आश्विन ९ गते जमिन भासिएर पहिरो जाँदा ६० घर परिवार बिस्थापित भएका छन् । जमिन भासिँएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ । झण्डै २ सय भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् ।
पहिरो प्रभावित क्षेत्रमा असोज महिनामा पनि रेडक्रस सोसाइटीले त्रिपाल, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा सहितका एक सेट राहात सामग्री प्रदान गरेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close