थप १हजार ७सय तीन जना मा कोरोना पुष्टि,२३ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गएको २४ घण्टामा आज मात्र १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।अब नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या भने १७ हजार २ सय ३७ पुगेको छ ।यस्तै गएको २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ४सय ३५ पुगेको छ ।
कमेन्ट गर्नुहोस !